संशोधित नागरिकता विधेयकले राष्ट्रियता खतरामा

1026
views

कावासोती, १३, बैशाख । अंगिकृतको आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गरी आएको संशोधित नागरिकता विधेयक खारेजीको माग गर्दै नवलपुरमा ज्ञापन पत्र बुझाइएको छ ।

राष्ट्रिय जनमोर्चा नवलपुरले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाएर संशोधित विधेयक पारित नगरी खारेज गर्न माग गरेको हो । जनमोर्चाले ज्ञापन पत्रमा यस्तो विधेयक पारित भएमा र गृहमन्त्री रामबहादुर थापाले जारी गरेको परिपत्रले नेपालको राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न हुने उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा अंगिकृत नागरिकताका सन्तानहरुलाई समेत वंशजको आधारमा नागरिकता दिएर राष्ट्रका प्रमुख पदहरुमा पुग्न उनीहरुलाई ढोका खुल्ला हुने र त्यसले राष्ट्रियतामा खतरा पुग्ने बताइएको छ ।

राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दीपक पाण्डे, उपाध्यक्ष विकाराम चौधरी, सचिव गिरबहादुर महतरा, कोषाध्यक्ष मानबहादुर रानाभाट लगायतको टोलीले संयुक्त रुपमा नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

त्यसैगरी जनमोर्चाले संशोधित नागरिकता विधेयकको खारेजीको माग गर्दै संकलन गरेको दुई हजार बढी हस्ताक्षर पनि बुझाएको छ ।