सडकमा ओर्लियो राष्ट्रिय स्वयं सेवक

1049
views

काठमाडौं । देशमा भैरहेको अन्याय, अत्याचार, भ्रष्टाचार लगायतका विकृती, विसङ्गतीको बिरोध राष्ट्रिय स्वयं सेवक विरुद्ध सडकमा ओर्लिएको छ । माछापोखरिबाट सडकमा उत्रिएको राष्ट्रिय स्वयं सेवकले हरेक सडकका चोकचोकबाट अभियान थालेको छ ।

स्वयं सेवकले देशैभर अभियान थाल्ने जनाएको छ । सरकारका राम्रा कामहरुलाई सघाउने तर गलत प्रवृत्तिको भण्डाफोर गर्ने उद्वेश्य सहित राष्ट्रिय स्वयंसेवक सडकमा ओर्लिएका प्रबक्ता सफलता बोगटीले बताईन् ।

देशमा युवाशक्तिले मात्र नेतृत्व लिने र जेष्ठ नागरिकहरुको नेतृत्वबाट आशीर्वाद लिन सकिने भन्दै युवाहरु नै देशका कर्णधार रहेको बोगटीले बताईन् ।

शनिबार काठमाडौंको माछापोखरी चोकबाट अभियान सुरुवात गरेको राष्ट्रिय स्वयंसेवक संस्थाले कोणसभामा संस्थाका संयोजक श्रीराम घिमिरे, कोषाध्यक्ष गायत्री सापकोटा, उप संयोजक केशव उप्रेती, सचिव सुदिप गजुरेल, सह– कोषाध्यक्ष सरिता पण्डित, प्रबक्ता सफलता बोगटी, महासचिव पुरुषोत्तम गजुरेल, सचिव बिमल क्षेत्रीलगायतले जुनसुकै कुनामा रहेका युवाशक्तिहरुलाई सडकमा उत्रिन आव्हान गरेका छन् ।

संस्थाले हरेक हप्ताको एकदिन काठमाडौंको प्रत्येक चोकबाट युवालाई जगाउने र त्यसलाई देशब्यापी अभियानको मुत रुप दिने जनाएको छ ।