‘बागलुङका प्रेम थापा बने ‘राजा’ (भिडियो हेर्नुहोस्)

956
views

सचिन्द्र श्रेष्ठ । नेपालमा लोकसंगीतले सदैव प्रभाव पारेको छ र नेपाली बजार सधै लोकलयका गीत प्राथिमकताका साथ चलेका पनि छन । यही लोक लयका गीतमा पुरानो कथालाई गीत मार्फत किरण बाबु पुनले उत्कृष्ट लोक दोहोरी गीत ‘समय’बजारमा ल्याएका छन ।

गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको स्वर रहेको छ साथै लय तथा शब्द संगीत पनि किरण बाबु पुनकै रहेको छ । कृष्ण फिल्मसको यूट्यूब च्यानलले बजारमा ल्याएको उक्त गीतलाई चर्चित निर्देशक बाबुराजा केसीले गरेका हुन् ।

मधुर बस्नेतको छायांकन रहेको भिडियोमा सम्पादन नबीन घर्ती मगरले गरेका छन भने चर्चित नृत्य निर्देशकÞ प्रेम थापा र सुशिला थापाको अभिनय रहेको छ ।