चेन्नई आईपीएलको फाइनलमा प्रवेश

643
views

काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नइले अब उपाधिका लागि मुम्बइ इन्डियन्ससँग खेल्ने छ ।

पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो ।