लघु चलचित्र प्रतियोगितामा लेखकहरु सम्मानित

856
views

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७५’ का उत्कृष्ट लघु चलचित्र तथा सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट लेखकहरुलाई सम्मानित गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमकाबीच लेखकहरु सम्मान गर्नुभएको हो ।

प्रतियोगितामा प्रथम कृष्णकुमार महतोको ‘अप्पन’, द्धितिय गगन कुमार श्रेष्ठको ‘चाहना’र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई नगद र सम्मानपत्रल सम्मानित गरिऐको थियो ।

सम्मानित हुने लेखकहरुलाई बिसहजार, १५ हजार र १० हजार नगद पुरस्कार र प्रशसापत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा चौथो महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’ र पाचौं शम्भु थापाको ‘साहसलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.२५ हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमकै सिलसिलामा प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेना सम्बन्धी विभिन्न जानकारीमूलक मोबाईल एप्सको शुभारम्भ गरेका थिए ।

सो अवसरमा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने ६ वटा रेडियो तथा एफ.एम.स्टेशनहरुलाई कदर पत्र प्रदान गरे ।

त्यस्तै ‘द शिवपुरी जर्नल–२०१९’ मा प्रकाशित लेख रचनाहरु मध्ये ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्रदान गरियो । यस्तै प्रधानसेनापति थापाले “सिपाही वार्षिक–२०७५”तथा “द शिवपुरी जर्नल–२०१९”मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने महा सेनानी रञ्जीत थापा, द्वितीय हुने प्रमुख सेनानी शिवराज पन्त र तृतीय हुने चिरञ्जीवी भण्डारीलाई ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार र कदरपत्र प्रदान रे ।

कार्यक्रमको दौरानमा प्रधानसेनापतिले ‘नेपाली सेना सम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा प्रथम हुने टुमु कोतखाना डिपो, द्धितिय हुने श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय र तृतिय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलगायत लघु चलचित्रका मुल्याङ्कन समिति, स्क्रिप्ट राईटर मुल्याङ्कन, सैनिक तथा गैर सैनिक तर्फका निर्णायक मण्डल र सिपाही वार्षिक तथा शिवपुरी जर्नलमा प्रकाशित लेख रचनाहरुको मुल्याङ्कन कर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरियो ।