मिडिया काउन्सिल विधेयकको विरोधमा पर्वतका पत्रकार आन्दोलित

592
views

पर्वत, ४, जेठ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै पर्वतका पत्रकारहरु आन्दोलित बनेका छन । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले घोषणा गरेको विरोधका कार्यक्रमलाई साथ दिदै पर्वतका पत्रकार पनि आन्दोलनमा उत्रेको सचिव गणेश गिरीले जानकारी दिए ।

सञ्चारकर्मीहरुले आफ्ना आफ्ना सञ्चार सामाग्रीहरु सहित जिल्ला प्रशासन कार्यालयको गेट अगाडि विधेयकका केहि बुँदाहरु प्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको सचिव गिरीले बताए । उनले पत्रकारहरुको लेखकीय अधिकार प्रति हस्तक्षेप हुने गरी ल्याइएको विधेयकलाई सच्चाउनका लागि माग गर्दै पत्रकारहरु आन्दोलीत बनेको बताए ।

पत्रकारले समाचार लेखेकै भरमा २५ हजार देखि १० लाख रुपैंया जरिवाना तोकिनु स्वतन्त्र प्रेस माथिको कुठराघात भएकोले पत्रकारहरु आन्दोलनमा होमिनुपरेको महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताए ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाको अगुवाईमा पहिलो चरणको आन्दोलन बमोजिम उक्त विरोध प्रदर्शन हुन लागेको हो ।