चर्चित नायिका रेखा थापाको टिप्पणी ‘रञ्जुको विजय र रेणुको पराजय चाहनु अन्यायपूर्ण’

587
views

काठमाण्डौ, ८, जेठ । पछिल्ला दिनमा राप्रपा प्रवेश गरेर राजनीतिक गतिविधिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले सबैको चासो रहेको भरतपुर र काठमाडौं महानगरका जारी मतगणना र उम्मेदवारबारे टिप्पणी गरेकी छिन् । उनले आफ्नो फेसबुकमा सन्देश लेख्दै भनेकी छिन् । काठमाडौँमा रञ्जु र्दशनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अचम्म मात्र होइन अन्यायको अनुभूत भएको छ ।’ सामाजिक सञ्जालका साइटहरुमा भरतपुर महानगरकी मेयर उम्मेदवार रेणु दाहालले जित्ने या नजित्ने भन्नेबारे अनेकन अनुमान र प्रतिक्रियाहरु आइरहेका बेला रेखा थापाले आफ्नो फेसबुक सन्देशमा भनेकी छिन् । ’मेरा लागि दुबै नारीले जित्नु पर्छ । सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन। जय नेपाली जनता !’