ल्यापटप सांसदलाई होईन विद्यार्थीलाई देऊ-शाही

431
views

काठमाडौं । नेपाल तरुणदलले जनताको दुःख पसिनाबाट उठेको करको सदुपयोग गर्न चेतावनी दिदैं सांसदलाई दिने ल्यापटप विद्यार्थीलाई दिन माग गरेको छ ।

नेपाल सरकारले सांसदहरुलाइ निशुल्क रूपमा ल्यापटप दिने कुरा राज्यकोषको ब्रम्हलुट भएको भन्दै नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्वारा जारी विज्ञप्ती मार्फत यस्तो माग गरिएको हो ।

विज्ञप्तिमा जनताको दुःख र पसिनाबाट उठेको करबाट आफ्नो सेवा सुबिधा बढाउने, विभिन्न बहानामा राज्यको सम्पत्ति कुम्ल्याउन खोज्नु एकप्रकारको भ्रष्टाचार भएको उल्लेख गर्दै जनतालाइ कानुनी राज्यको प्रत्याभूति गराउन माग गरिएको छ ।

साथै जनताका समस्याको समाधान गर्न लाग्नुको साटो उल्टै आफ्नै सुबिधा बढाउन मात्र लाग्नु जनप्रतिनिधिको गैरजिम्मेवार कार्य भएको र यस्तो हर्कतको घोर भत्र्सना गर्दै सांसदलाई दिने भनिएको ल्यापटप विद्यार्थीहरुलाइ हस्तान्तरण गर्न जोडदार माग गर्दछु उल्लेख गएिको छ ।