नेपाली विद्याथीलाई काजिरंगा युनिभर्सिटीमा करियर ओरेन्टेड कोर्ष

880
views

पर्वत । भारतको आसामा राज्यमा अवस्थित करियर युनिभर्सिटी अफ नर्थ इष्ट इण्डियाका रूपमा प्रसिद्ध काजिरंगा युनिभर्सिटीमा नेपाली विद्याथीहरुका लागि करियर ओरेन्टेडका विभिन्न कोर्सहरू सञ्चालन भइरहेका छन् ।

युनिभर्सिटीमा बिश्व बजारले मागेको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको स्थापना गरिएको छ । जहाँ बिटेक (बिटेक ल्यटरलमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, इन्जिनियरिङ सञ्चालित छन् ।

आफुले उत्पादन गरेको इन्जिनियरहरूलाई अध्ययन अवधि र अध्ययन पश्चात इन्डस्ट्री एक्सपोजरका लागि युनिभर्सिटी ले छुटै विभाग खडा गरि विद्यार्थीहरूलाई उद्योग, बजारमा र अनुसन्धानमुलक कार्यक्रमहरूमा संलग्न गराएको काजिरंगा युनिभर्सिटीका रजिस्ट्रार प्रोफेसर तरुण कुमारले बताए ।

स्कुल अफ बिजिनेस अन्तर्गत अप्रेसन, फाइनान्स, मार्के्टिङ, ह्युमन रिसोर्स, इन्टरनेसनल रिलेसन्स बिषयहरूमा फोकस एम.बि.ए, त्यसैगरि हस्पिटल एड्मिनिस्ट्सन, टुरिजम म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, ल्वयजिष्टीक एण्ड सप्लाई चेन म्यानेजमेन्ट, बैङ्किङ एण्ड फाइनान्स सर्भिस बिषयहरुमा एम.बि.ए. सञ्चालन गरिरहेको छ । जसले विद्यार्थीहरुलाई फिल्डवर्क, सेमिनार, वर्कसप इन्टरनेसनल कन्फरेन्सले म्यानेजमेन्टका सफ्टस्किल तथा हार्ड स्किलमा पोख्त बनाई नेतृत्व शैलिको विकास गराई ग्लोबल सिटिजन बन्न सहयोग पुर्याउँछ ।

स्कुल अफ कम्प्युटर साईन्सतर्फ एम.सि.ए., एम. सि.ए. ल्याटरल, एम.एस.सि.आई.टी., बि.सि.ए., इन्टरनेसनल बि.एस.सि., इन्टरनेसनल एम.एस.सि.आई.टी. सञ्चालित छन् । स्कुल अफ हेल्थ साईन्स अन्तर्गत बजारमा उच्च माग भएको बि.एस.सि.डाइलासिस, अप्रेसन थिएटर टेक्नोलोजी, एड्भान्स ईमेजिङ टेक्नोलोजी, ट्माइमर्जोन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट, ब्याचलर अफ फिजियोथेरापी, अप्टोमेट्टी कोर्षहरू समेत सञ्चालित छन् ।