ईक्यान शैक्षिक मेला असार २३ गतेदेखि २९ गतेसम्म

520
views

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले असार २३ गतेदेखि २९ गतेसम्म राजधानीमा शैक्षिक मेला गर्ने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी गराएको हो ।

ईक्यानले आयोजना गर्न लागेको शैक्षिक मेलाको यो तेह्रौ श्रृङखला हो । मेलाबाट विद्यार्थी तथा अभिभावकलाई अन्तराष्ट्रिय शिक्षा सम्बन्धि जानकारी र परामर्श समेत पाउनेछन् ।

मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, श्रीलङका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, नर्वे, फिनल्याण्ड, मेलेसिया, जर्मनी, डेनमार्क, साइप्रास, लगायत मुलुककमा विश्वविद्यालय तथा कलेजका प्रतिनीधी स्वयम उपस्थित भएर विद्यार्थीलाई परामर्श दिनेछन् ।

नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा कुन विषय पढ्दा के फाइदा हुन्छ तथा कस्ता विषयमा छात्रवृत्तिको व्यवस्था कस्तो रहेको छ भन्ने विषयमा जानकारी दिने पत्रकार सम्मेलनमा ईक्यान अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।

उनका अनुसार मेलामा चार सय भन्दा बढी स्टल रहनेछ । मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिनेछ । ईक्यान महासचिव शेषराज भट्टराइले यस पटकको मेलालाई विगतको भन्दा फरक तरिकाले सञ्चालन गर्ने बताए ।