जेष्ठ नागरिक सम्मानित

679
views

हरि बास्तोला
पोखरा, ३, असार । पोखरा उपमहानगरपालिका वडा नं. १७ का २१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक मञ्च एवम् पोखरा १७ द्धारा आयोजित एक कार्यक्रमका बीच ८० देखि १०० बर्ष उमेरसम्मका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई खादा, सम्मानपत्रले सम्मान गर्नुका साथै एक एक थान थर्मस वितरण गरिएको हो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवमं प्रदेश सभा सदस्य कृष्ण थापाले जेष्ठ नागरिकलाई सम्मान गर्दै समाजका अग्रजलाई सम्मान गर्दा आफुपनि सम्मानित भएको अनुभुति हुनुपर्ने बताए ।

वर्तमान सरकारले आर्थिक बर्ष २०७६। ०७७ सामाजिक सुरक्षा भत्तामा एक हजार वृद्धि गरेको उल्लेख गर्दै आगामी तीन बर्षमा पाँच हजार पु¥याउने विश्वास व्यक्त गरे ।

आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् सामाजिक व्यक्तित्व झकबहादुर थापाले जेष्ठ नागरिकलाई बृद्धाश्रममा नभई परिवारमा राखेर आदर गर्नुपर्नेमा जोड दिए ।

पोखरा १७ का वडाअध्यक्ष तिर्थ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक मञ्चका अध्यक्ष टोपराज ढुङगाना र सचिव धर्मदत्त तिमिल्सिनाले जेष्ठ नागरिकमैत्री भौतिक संरचनाको आवश्यकता रहेको औल्याए ।