विश्वकप क्रिकेटः आज इंग्ल्याण्ड र अफगानिस्तान भिड्दै

472
views

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आयोजक इङ्ल्याण्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । दिउसो सवा तीन बजे वर्ड ट्राफोड मैदानमा हुने खेलमा अफगानिस्तान पहिलो जीतको खोजीमा हुनेछ ।

आयोजक इङ्ल्यान्ड भने लगातार तेस्रो जित निकाल्ने तयारीमा छ । जारी विश्वकपमा इङ्ल्यान्डले बंगलादेश र वेष्ट इन्डिजलाई हराएको थियो भने पाकिस्तानसँग अप्रत्यासित हार बेहोरेको थियो । अफगानिस्तान भने यसअघि चारै खेलमा पराजित भएको छ ।