होटलमा आगलागी हुँदा करोडौँको क्षति

934
views

धुनषा, ५, असार । जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ । स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा फैलिएपछि ठूलो क्षति पुर्याएको छ ।

आगालागीपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको र सँगै रहेको सियाराम मिष्ठान्न भण्डारमा पनि क्षति प¥याएको हो ।

प्रारम्भिक अनुसन्धानले तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले बताए । उनका अनुसार उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। क्षतिको पूर्ण विवरण आएको छैन । स्थानीय राम यादवका अनुसार आगलागीले झन्डै एक करोडको क्षति भएको छ ।