पौडेल हत्यापछि बदला लिने विप्लवको उद्घोष

1639
views

सीताराम थापा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यापछि क्रान्तिकै दौरानमा वदला लिने भन्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

सो पार्टीले ७ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम घोषणा गरेको हो । पार्टीका महासचिव नेत्रविक्रम चन्दद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा ७ गते प्रचार प्रसार, ८ गते कोणसभा, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको आव्हान गरेको छ । विज्ञप्तिमा सरकारको विरोध गर्दै आफ्ना नेता कार्यकर्तालाई रक्षात्मक रहन सकेत आग्रह गरेको छ ।