पैयूँ गाउँपालिकाको बजेट ३३ करोड ६५ लाख बढी

510
views

पर्वत । पैयूं गाउँपालिकाको चौथो गाउँसभाले ३३ करोड ६५ लाख ४० हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आ.व. ०७६/०७७ को प्रस्तुत आर्थिक विधेयक ससोंधन सहित सभाबाट गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीद्वारा प्रस्तुत बजेट सर्बसम्मत पारित गरिएको हो । साथै ०७६/०७७ को विनियोजन विधेयक पनि सर्बसम्मत पारित भएको छ ।

आ.व. २०७६/०७७ का लागि प्रस्तुत नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक पारित भएपछि उपाध्यक्ष जसमति गुरुङ्गले गाउँपालिका को आगामी आ.व. ०७६ /०७७ का लागि प्रस्तावित बार्षिक बजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत बजेट ३३ करोड ६५ लाख ४० हजार रहेको छ ।

जसमध्ये आयतर्फ नेपाल सरकारको वित्तिय समानिकरण ७ करोड ४९ लाख, प्रदेश सरकारको वित्तिय समानीकरण १ करोड २१ लाख ३२ हजार, नेपाल सरकार सशर्त १८ करोड ७७ हजार प्रदेश सरकारको सशर्त १ करोड, निशर्त तर्फको ४ करोड ९८ लाख प्रदेश सरकार राजश्व बाँडफाडबाट १४ लाख ६१ हजार, आन्तरिक आय ६१ लाख ७०हजार र मौज्दात बाट २० लाख रहेको छ ।

व्ययतर्फ चालु खर्च २१ करोड ६० लाख ६९ हजार, पूँजिगततर्फ १२ करोड ४ लाख ७१ हजार रहेको छ । निसर्त मध्येको १४ करोड ६४ लाख ६३ हजार रुपैयाँबाट चालुतर्फ ४ करोड ९५ लाख, आर्थिक विकास १ करोड ९३ लाख ९२ हजार ६ सय, सामाजिक विकासतर्फ १ करोड ९३ लाख ९२ हजार ६ सय, पुर्वाधार विकासतर्फ ४ करोड ८४ लाख ८१ हजार ५ सय, वातावरण तथा विपद व्यवस्थापन ४८ लाख एकसय ५०, सेवा प्रवाह र सुशासनतर्फ ४८ लाख ४८ हजार एकसय ५० को बजेट प्रस्ताव गरिएको छ ।

निसर्त तर्फको पुजिगतको ९ करोड ६९ लाख ६३ हजार मध्ये २ करोड ८० लाख वडा स्तरीय योजनाहरुका लागि र ६ करोड ८९ लाख ६३ हजार गाउँपालिका स्तरीय योजनहरुका लागि खर्च गर्ने प्रस्ताव गरिएको छ ।