पत्रकार संगीत श्रोता पक्राउ

754
views

काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द समुहमा लागेको आरोपमा कवि तथा पत्रकार संगीत श्रोता (यम क्षेत्री) लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको प्रदर्शनीमार्ग स्थित आरआर कलेज अगाडिबाट उनलाई पक्राउ गरिएको हो ।

संगित श्रोता पक्राउ पर्दा सँगै रहेका नयाँ पत्रिकाका सम्पादक दिपक सापकोटाले ‘मास्क लगाएर प्रहरी पोशाकमा रहेका प्रहरीले उनलाई समाते । मैले किन समातेको भन्दाभन्दै महेन्द्र पुलिस क्लबतिर लगे’, सापकोटाले बताए ।

प्रहरीले भने उनी झक्किएर पक्राउ परेको बताएको छ । काठमाडौंको नेपाल ल क्याम्पसबाट आजै अर्का कवि ठाकुर तिमिल्सेना (रसुवाली कवि) लाई पनि प्रहरीले पक्राउ गरेको छ ।