नेपाल पत्रकार महासंघ पर्वतले गर्यो कुश्मानगरपालिकाका मेयर र उपमेयरलाई सम्मान

760
views

पर्वत, ११ जेठ । नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका पूर्व उपसभापति समेत रहेका कुश्मानगरपालिकाका नवनिर्वाचित मेयर रामचन्द्र जोशी र उपमेयर सिता काफ्ले लामिछानेलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले स्वागत एवं सम्मान गरेको छ । विहीवार महासंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर जोशीले नगरपालिकाको विकास निर्माणमा पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए । उनले नगरको विकास निर्माण र समस्याहरुमा पत्रकार र नगरपालिकाले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । जोशीले पत्रकारहरुका समस्याको समाधानमा आफ्नो उल्लेख्य सहयोग रहने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा उपमेयर सिता काफ्ले लामिछानेले पत्रकार र नगरपालिकाको सम्वन्ध नङ र मासुको जस्तै भएकोले नगरको विकास र समृद्धिका लागि पत्रकारिता जगतले महत्वपूर्ण भूमिका खेल्ने बताईन । उनले आम सञ्चारकर्मीको व्यावसयिताको विकासमा लागि नगरपालिकाको सहयोग रहने बताईन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व अध्यक्ष ओमप्रसाद घायल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले स्वागत मन्तव्य राखेका थिए । भने सञ्चालन महासंघका सदस्य साजन परियारले गरेका थिए । मेयर जोशी र उपमेयर लामिछानेलाई फुलमाला, अविर र खादा लगाएर सञ्चारकर्मीले स्वागत एवं सम्मान गरेका थिए ।