राखेप सदस्यसचिवमा सिलवाल

825
views

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमबार सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेका हुन् ।

सिलवाललाई सोमबारै खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ खुवाए ।