विषादी उपहार

1529
views

– कविता

(खडक बोहरा)

कृषिप्रधान देश,
तरकारी आयातमा,
विषादी उपहार
के उव्जाउँन कृषकहरू
के प्रोत्साहन गर्छ सरकार ?

खुट्टा छदा छदै
बैशाखीको सहाराले
म्याराथुनको धावक बन्न्
कुन शास्त्रले सिकाउँछ हजुर ?

नदीनाला
समुद्रको सफरमा निस्केको बेला
खेतका गह्राहरू काकाकुल झै
तिर्खाले व्याकुल छन
यो असारमा
हाम्रो नेपालमा ।

के
कृषिको आधुनिकीकरण
स्काभेटरले
धान रोप्दै गरेका खेतवारीका गह्रा
बाघले बाख्रा झम्टे जस्तै गरेर हुन्छ ?
अह हुन्न
कदापि हुन्न

खेतीयोग्य जग्गालाई
वधशालामा खसी झै
टुक्रा टुक्रा गरेर पनि
हुन्न होला कृषि क्रान्ति

गौतम बुद्धको देशका मान्छे हौ हामी
विरोध मात्र नगरौ
रात रहे अग्राख पलाउँँछ भन्थे पुर्खाहरु
आफनै पौरख र पसिलो सिञ्चित गरौ
तिनै बारीका कान्ला र डिललाई
माटोलाई माया र सम्मान गरी
ढुङगालाई माटो बनाउ
आफनै बारी
फल्ने छ त्यही सधै
अर्र्गा्निक तरकारी
त्यसमै पाउनै छौ
नेपाली माटो सुगन्ध र मौलिक स्वाद ।

मार्तडी बाजुरा