जिम्ती भोजमा खाएको विषादी तरकारीबारे प्रशासनमा ज्ञापन पत्र

748
views

निर्मल पौडेल
पर्वत, २६, असार । ग्रामिण आमा समुह कुस्मा नगरपालिका ७ खरेहा पर्वतले विषादीयुक्त तरकारीको सेवनले ४५ जना विरामी परेको भन्दै जिल्ला प्रशासन कार्यलय पर्वतमा ज्ञापन पत्र वुझाएको छ ।

यही असार ९ गते स्थानिय विक्रम पौडेलको वैवाहिक जिम्ती मेट्ने भोज खाने तथा रत्यौलीको आयोजना गरिएको कार्यक्रममा विभिन्न खानेकुराहरु खाँदा विरामी परेको भन्दै आज प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल लाई ज्ञापन पत्र वुझाएको हो । पौडेलको घरमा वनेका पुरी, करेला, आलु, काउलीको तरकारी, काँक्राको अचार खाएपछी स्थानिय विरामी परेका हुन् ।

उक्त तरकारी वजार वाट लगेर खानेकुरा तयार पारिएको थियो । भोज खाए पछी स्थानिय लाई टाउको दुख्ने ,रिङ्गटा लाग्ने,पेट दुख्ने, पखला लाग्ने लगायतका समस्या भएको स्थानिय देवराज पुरीले वताएका छन् । खानामा विषादी भएकै कारण स्थानिय विरामी परेको सवैको ठम्याई भएकोले विषाक्त युक्त तरकारी वजारमा ल्याई मानव स्वास्थ्य माथि खेलवाड नगर्नका निमित्त सम्वन्धित पक्ष लाई सजग गराउनका लागि प्रशासन कार्यलयमा ज्ञापनपत्र दिएको स्थानिय तेज गिरीले जानकारी दिएका छन् ।

यसैगरी आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिनका लागि सम्वन्धित पक्ष र निकाय लाई सचेत गराउन ज्ञापन पत्र दिएको समेत गिरीले वताए । ज्ञापन पत्र वुझ्दै कल्पना घिमिरे नेपालले कुस्मा वजार लगायतका पर्वतका अन्य वजारमा अनुगमन गर्ने र विषादीयुक्त तरकारी तथा फलफूल विक्रि, वितरण गर्ने लाई आवश्यक कारवार्ही गर्ने आश्वासन दिनुभएको समेत गिरीको भनाई छ ।

हस्ताक्षरित ज्ञापन पत्रमा देवराज पुरी,इन्द्र कुमारी क्षेत्री,स्वेच्छा आचार्य,वालकृष्ण शर्मा,सन्तु गिरी,माधव पौडेल,राधा कुमारी शर्मा,अम्विका कुमारी शर्मा,नारायण पौडेल क्षेत्री,कृष्ण गिरी रहेका छन् ।