बजारमा ‘ब्रोदरहूड स्टील इन म्यूजिक’ बिमोचन“

2471
views

सचिन्द्र श्रेष्ठ । २०६० सालमा ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी किन यसरी, जब तारा गनेर, कस्तो मोडमा जस्ता चर्चित गित समाबेश गरेका निर्माणले फेरि नयाँ एल्बम आज सार्वजनिक गरेका छन् ।

२०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गित तिमी र म, यो माया त्यो माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै निर्बाण एण्ड म्यूजिक लिंकले “ब्रोदरहूड स्टिल इन म्यूजिक’नामक चौथो एल्बम निकालेको छ ।

चर्चित गायक तथा ब्याण्डका सदस्य प्रमोद निर्वाण तथा अर्का सदस्य दिनेश लिम्बुको आवाज रहेको गीति एल्बम “ब्रदरहुड” एक समारोह बीच बिमोचन गरि सार्वजनिक गरिएको हो ।

लामो समयपछि आएको बहुप्रतिक्षित एल्बममा ६ वटा गीतहरु समावेश गरिएको छ भने जसमा गायक प्रमोद निर्वाणको ४ वटा गीतमा सुमधुर आवाज भरेका छन् भने बाकी २ वटामा दिनेश लिम्बुको आवाज रहेको छ । उक्त एल्बम भित्र म त एउटा गायक, बादलु उड्ने, बिर्सन सकिन, तिमि लाइ, बडि चाहना, भन्ने मायाका कुरा जस्ता मेलोडीले भरिएका गीतहरु समावेश गरिएको छ ।

दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चाको शिखरमा पुग्न सफल गायक प्रमोद निर्वाणको लामो समयको मेहनत पश्चात यस एक्बम बाजारमा आएको हो । सार्वजनिक एल्बमका गीतहरुलाइ दामी म्युजिकको एप्स बाट सुन्न समेत सकिने गायक निर्वाणले बताएका छन ।

उक्त एल्बम सार्बजनिक समारोहमा संगीतकार महेश ज्ञवाली, संचारकर्मी सुर्य चन्द, दामी म्युजिकका निर्देशक राज कुमार श्रेष्ठ, सुरेन अमात्य, डा. सौरब पोखरेल, राजेश श्रेष्ठ, प्रविन निर्वाण, गायकहरु रोशन श्रेष्ठ, महेश मुखिया, विश्वराम कार्की लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सम्पूर्ण अतिथिहरुले सामुहिक रुपमा उक्त एल्बमलाई सार्वजनिक गरेका थिए ।