बस र भ्यान ठोकिदा एकको मृत्यु, २४ घाइते

557
views

विराटनगर, २, साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भेन ठोकिएपछि एकजनको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

मृतक पुरुष र घाइते हुनेको हालसम्म परिचय खुलेको छैन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४८४२ नम्बरको बस र दक्षिणबाट राजमार्गमा निस्कँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भेन ठोक्किंदा दुर्घटना भएको हो । बस मोरङको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो ।

पथरीमा उपचार सम्भव नभएकाहरुलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण र न्युरो लगायतका अस्पताल पठाइएको छ ।