सिरहामा तस्करीलाई त्रास

963
views

सिरहा । यतिबेला सिरहामा तस्करीलाई त्रास बढेको छ । बढ्दै गएको तस्करी सञ्जाललाई पूर्ण बन्द गर्नका लागि सिरहाका प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदी र सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रबिन कंडेल आएपछि सिरहा छाडेर भागेका छन् ।

सिरहा नाकामा दैनिकजसो हुने तस्करी पछिल्लो एकमहिनामा न्यून मात्र हुने गरेको पाइएको छ । सिरहाका नेपाल प्रहरी सिरहाका प्रमुख उमा प्रसाद चतुर्बेदीले सिरहामा हुने गरेका कुनैपनि तस्करी र तस्करलाई ठेगान लगाइछाड्ने बताए ।

नेपाल प्रहरीका प्रमुख एसपी उमा प्रसाद चर्तुवेदी र शसस्त्र प्रहरी बल सिरहाका प्रहरी उपरिक्षक प्रविन कँडेल श्रावण १५ गते सरुवा भएर आएपछि तस्करहरु नाका छाडेका हुन् ।