जी–सेभन’ सम्मेलनमा इरानका विदेशमन्त्री पनि सहभागी

607
views

एजेन्सी । फ्रान्समा भएको जी–सेभन’ सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ पनि सहभागी भएका छन् । पहिले घोषणा नभएको बैठकमा विदेशमन्त्री जरिफ सहभागी भएका हुन । जरिफको भ्रमणबाट बैठकमा सहभागी अमेरिकी प्रतिनिधिमण्डल आश्चर्यचकित भएको बताइएको छ ।

अमेरिकाको इरानसँग तनाव चुलिएका बेला जरिफले राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएकै सम्मेलनमा जरिफ पुगेपछि अमेरिकी प्रतिनिधिमण्डलले आश्चर्य जनाएको हो । अमेरिका इरानको पारमाणविक गतिविधिलाई सीमित बनाउनेसम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय गरेपछि दुई देशको सम्बन्ध बिग्रिएको छ ।

फ्रान्ससहित अन्य पाँच राष्ट्रहरू भने सो सम्झौतामा प्रतिबद्ध रहेका छन् । फ्रान्स पुगेका जरिफले ट्विट गर्दै फ्रान्सका समकक्षी र राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग रचनात्मक वार्ता भएको बताएका छन् । उनले जर्मनी र बेलायतका प्रतिनिधिसँग पनि संक्षिप्त भेटघाट गरेका छन् ।

पछिल्लो समय अमेरिकाले आर्थिक प्रतिबन्ध कडा बनाएको भन्दै त्यसको जवाफमा इरानले पारमाणविक गतिविधिहरू बढाएको छ । दुई देशविचको तनाव कम गर्नका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोनले पहल गरिरहेका छन् ।