श्रमिक ट्रेड युनियनद्वारा आन्दोलनको घोषणा

443
views

जितेन्द्र थापा
सुर्खेत । खानेपानी उपभोक्ता संस्था अन्र्तगतको श्रमीक ट्रेड युनियनले आन्दोलनको घोषणा गरेको छ । कार्यालय प्रमुख डम्मर गौतमले कर्मचारीको हित विपरित काम गरेकोले उनका सबै गतिविधि वहिष्कार गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन । युनियनका अध्यक्ष गणेशमान खनालले आम कर्मचारीहरुको मनोवल कमजोर गराउने, संस्थाको मुल समितिले गरेका निर्णय नमान्ने र वारम्वार कर्मचारीलाई उपेक्षा गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

‘कार्यालय प्रमुख भनेको सबैको अभिभावक हो, आफु मुनिका सबै कर्मचारीलाई मिलाएर जानुपर्ने हो, तर उहाँ व्यक्तिगत स्वार्थमा लागेर सम्पुर्ण कर्मचारीको हित विपरित लाग्नुभएको छ, खनालले भने ‘यस्तो कार्यप्रति सम्पुर्ण कर्मचारीको विमत्ति छ, ।’

संस्थामा करार ज्यालादारी र स्थायी प्रकृतिका गरी ६२ कर्मचारी छन, कार्यालय प्रमुख गौतम बाहेक ६१ जना कर्मचारी एकढिक्का भएका छौ, गौतमले भने, हामी ६१ जनाभित्र पनि फरक फरक राजनैतिक दलका आस्था राख्ने छौ, तर कार्यालय प्रमुखको विरुद्धमा हामी एक स्थानमा उभिएका छौ,’ ।

तीन प्रकृतिका कर्मचारीहरुलाई व्यवस्थापन गर्ने कुरामा वेवास्ता गरेको कर्मचारकिो आरोप छ । ज्यालादारी कर्मचारीलाइ करार र करारलाई स्थायी गर्ने साथै स्थायी कर्मचारीलाई बढुवा गर्ने बिषयमा कार्यालय प्रमुखले कुनै निर्णय नगरी आम कर्मचारीको भावनामा आँच पु¥याएको दुखेको अन्य कर्मचारीको छ । श्रावण यता कर्मचारीको तलब भत्ताको व्यवस्था नगरेको, कर्मचारीको पोशाकको कुरा गर्दा वास्ता नगरेको खनालले बताए ।

यस्तै मंगलवार देखि १२ गतेसम्म कार्यालय प्रमुख डम्मर वहादुर गौतमका कुनैपनि गतिविधिहरुमा कर्मचारी संलग्न नहुने, गौतमसंग कुनैपनि समन्वय सहकार्य नगर्ने, कार्यालयको काम बाहिरै बसेर सम्पादन गर्ने बताएका छन । भाद्र १३ गतेदेखि खानेपानी वितरण बाहेक अन्य मर्मत संभार, धारा जडान लगायतका कार्यहरु नगर्ने चेतावनी दिएका छन ।

यस्तै १८ गतेदेखि माथिका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिदै संस्थाको कार्यालयबाट महशुल लिने कार्य बन्द गर्ने, खानेपानी वितरण वाहेकका अन्य कुनैपनि गतिविधि सञ्चालन नगर्ने बताएका छन । कर्मचारीहरुले राखेका माग र आन्दोलनको घोषणा सहतिको पत्र कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र विरेन्द्रनगर नगर पालिकालाई समेत जानकारी दिने बताएका छन ।