मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरको मतगणना स्थगित

659
views

काठमाण्डौ, १५, जेठ । भरतपुर महानगरपालिकाको मत गणना कार्य स्थगीत भएको छ । मतगणना कार्य चलिरहेका बेला राती १ बजेतिर मतपत्र च्यात्ने र मतपत्र कब्जामा लिने काम भएको भन्दै मत गणना स्थगित गरिएको निर्वाचन अधिकृतले जानकारी दिनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतद्धार जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गर्दै अर्को सूचना जारी नगर्दासम्म मतगणना नहुने पनि बताइएको छ । राति भएको उक्त मत्रपत्र च्यात्ने कार्यमा एमालेका कार्यकर्ताले माओवादी केन्द्र र माओवादी केन्द्रका कार्यकर्ताले एमालेका कार्यकर्तालाई मतपत्र च्यातेको आरोप लगाएका छन् ।