फोरजी ‘कोर नेटवर्क’ परीक्षणमा टेलिकम सफल

1326
views

काठमाडौँ । नेपाल टेलिकमले फोरजी विस्तारको ‘कोर नेटवर्क’ परीक्षणमा सफलता पाएको छ । टेलिकमले शनिबार राति हाल कायम थ्रीजीको कोर नेटवर्कलाई फोरजीको नेटवर्कमा स्तरोन्नति गर्न सफल भएको हो ।

रातभर गरिएको फोरजी विस्तारको ‘कोर नेटवर्क’ परीक्षणमा सफलता मिलेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । नेपाल टेलिकमको यो सफलताले फोरजी विस्तारको आधारभूत काममा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’ । दूरसञ्चार पूर्वाधारमा कोर नेटवर्कलाई मेरुदन्डको रूपमा लिइन्छ । यसलाई बीटीएस स्टेसनसहित ग्राहकसम्म जोडिनुपर्ने नेटवर्कमा सञ्जाल विस्तारको काम गर्छ ।

नेपाल टेलिकमले गत माघ २० गते कोर नेटवर्क विस्तारका लागि जेडटीईलाईए एक करोड ५३ लाख डलरमा ठेक्का सम्झौता गरेको थियो । ‘कोर नेटवर्क’ विस्तारका लागि जेडटीईसहित सिङ्गापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवाबेले तीन करोड ८० लाख डलर रकम कबुल गरेका थिए ।

टेलिकमले गत माघमा एक बर्षभित्र देशैभर फोरजी विस्तारको लक्ष्यसहित कोर नेटवर्क र ¥यान विस्तारको काम अगाडि बढाइरहेको छ । टेलिकमले करिब १९ अर्ब रुपियाँमा फोरजी विस्तारको काम अगाडि बढाएको हो ।