अबरुद्ध पाल्पा बुटबल-तानसेन सडकखण्ड खुल्यो

1035
views

पाल्पा । पाल्पाको सिद्धबाबा क्षेत्रमा गएको पहिरोले अवरुद्ध बुटवल–तानसेन सडकखण्ड एकतर्फी खुलेको छ । आज विहान सिद्धबाबा क्षेत्रको ड्याम साइड हेड बक्स नजिकैमा गएको पहिरामा परि एक जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बिहान साढे १० बजे बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक तिलोत्तमा नगरपालिका रुपन्देहीका २६ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा लु २ च ५९३८ नम्बरको निजी स्कारपियोसमेत पुरिएको थियो ।

सो पहिरोमा परि घाइते हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ का ३१ वर्षीया ललित मल्ल, गुल्मी पुर्तीघाट गाउँपालिका ३ का २२ वर्षीय प्रेम सुनार, वुटवल उपमहानगरपालिका नयाँ गाउँका मिलन शाह र सोही ठाउँका २० वर्षीय नरेन्द्र हमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्कारपियोमा सवार २ जनाको अवस्था समान्य रहेको छ । अस्पतालमा भर्ना घाइते मध्ये ३ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।