महायज्ञको तयारी पूरा

913
views

गोबिन्द तिमिल्सिना
हेमजा, ११, असोज । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा हुने महायज्ञको तयारी पूरा भएको छ । महायज्ञ आइतबारदेखि सुरु हुनेछ । महायज्ञको शुभारम्भको लागि कलस यात्रा हेमजाको याम्दीबाट १० बजे सुरु हुने हुदा सम्पुर्ण श्रदालु भक्तजनहरुलाइ सहभागि हुनको लागि मुल आयोजक समितिका अध्यक्ष चुणामणि तिम्सिनाले आग्रह गरे ।

माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ हुन लागेको हो । घटनास्थापनादेखि असोज २० सम्म हुने श्रीमददेवी भागवत् महापूराण ज्ञान महायज्ञमा हेमजा निवासी युवा पं. हरिशरण पौडेलले कथा वाचन गर्ने कार्यक्रम छ ।

विष्णुपादुका माइस्थानलाई प्राचीन देवी शक्तिपीठका रुपमा चिन्ने गरिन्छ। यज्ञअन्तर्गत पहिलो दिन कलशयात्रा एवं पूर्वाङ्ग, असोज १२देखि असोज २० सम्म नियमित कथा प्रवचन, पाठपारायण, बेलपत्र अर्पण र आरति, प्रसादग्रहण, भजनकीर्तन गी समापन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए ।

यज्ञ अवधिभर सामुहिक पितृतर्पण, हवन, अन्नदान, भूमिदान, तुलादान, नवग्रहपूजा, चौरासी पूजा लगायत पनि गर्न सकिने बताइएको छ ।