आर्थिक बर्ष २०७४ र ०७५ को बजेट प्रस्तुत

551
views

काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४ र ०७५ को बजेट प्रस्तुत गर्नुभएको छ मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो । संविधानमा प्रत्येक वर्ष बजेट सार्वजनिक गर्ने दिन जेठ १५ तोकिएको छ । मुलुकमा संघीय संरचना कायम भएपछिको यो पहिलो बजेट भएकाले यसलाई चासो र चर्चाको रूपमा हेरिएको छ । राष्ट्रिय योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्ष २०७४ र ७५ का लागि १२ खर्ब ६ अर्ब रुपैयाँ सीमा तोकेर बजेट बनाउन निर्देशन दिएको थियो । अर्थमन्त्री महराले यही सीमाभित्र रहेर बजेट बनाउनुभएको हो ।