पार्टीमा भयानक रोगको सुरुवात भयो–दाहाल

611
views

चितवन, ३०, असोज । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अराजक गतिविधि बढेको बताएका छन । पार्टीभित्र बढेको अराजक गतिविधिले खतरा भएको पनि दाहालले बताए । दाहालले पार्टीभित्र एकले अर्कोलाई सिद्धाउने परिपाटी देखिएको भन्दै चिन्ता व्यक्त गरे । नेकपा चितवनले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीभित्र संस्कारको अभाव खड्किएको बताए ।

पार्टीमा नराम्रो रोगको सुरुवात भएको भन्दै अध्यक्ष्ँ दाहालले हामी कम्युनिष्ट भन्नेहरुले बेलैमा विचार नगरे त्यसले पार्टी सिद्धाउन बेर नलाग्ने दावी गरे ।’ हामीले निर्णय एउटा गर्ने, भोट अर्कोलाई हाल्ने रोग चितवनबाटै सुरु भएको पनि उल्लेख गरे ।

दाहालले भारत र चीनसँगको सम्बन्ध प्रगाढ भएको दावी गरे । अध्यक्ष प्रचण्डले कम्युनिस्ट चरित्रमा अनुशासनहितना देखिएको भन्दै असन्तुष्टि पोखे । सत्तामा नहुँदा इमान्दारिता प्रदर्शन गर्ने सत्तामा पुगेपछि सबै बिर्सने रोग रहेको बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले समृद्धिको विकासका लागि समाजवादको बाटो रोक्नका लागि विरोधी सलबलाएको भन्दै त्यसका लागि दलहरु एकजुट हुन जरुरी रहेको औंल्याए ।

सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिष्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताए ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश नं ३ का सहइञ्चार्ज काशीनाथ अधिकारी, प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।