नेपालले दुवै देशबीच सन्तुलन कायम गर्नुपर्छ–भट्टराई

548
views

गोरखा, ३०, असोज । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताए । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा डा. भट्टराईले भने ‘हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ, चिनिया राष्ट्रपति सी चिनफिङको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।”

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तराष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको पनि उल्लेख गर्दै विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तराष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।”