आलम थप आठ दिन थुनामै

588
views

रौतहट, ८, कार्तिक । इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका नोपली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई तेस्रो पटक अनुसन्धानको लागि आठ दिनको म्याद थपिएको छ । जिल्ला अदालत गौरले आठ दिनको म्याद थप गरेको हो ।

प्रहरीले १० दिन थुनामा राख्न अनुमति माग गरेको थिया तर अदालतले ८ दिनको म्याद थप गरेको जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यसअघि सुरुमा सात दिन र त्यसपछि पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । आलम असोज २६ गते ईदरिस गेटबाट पक्राउ परेका थिए ।