लप्सीफेदीमा बस दुर्घटना, ३ को मृत्यु, ५७ घाइते

648
views

काठमाडौं । राजधानीको लप्सीफेदीमा आज बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आइरहेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटना बसको ब्रेक फेल भएर भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

सिंहले बस दुर्घटनामा ५७ जना घाइते भएको बताए । गम्भीर घाइते भएका २ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये २५ जनाको लाइफ केयर हस्पिटरल, ३० जनाको सुश्मा मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ ।