निवर्तमान सभामुख महरालाई जेल चलान

500
views

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा उनलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले यस्तो आदेश दिएको हो । शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा बयान लिने क्रममा महराले शाहीको कोठामा आफू नगएको बयान दिएका थिए । यो बयान जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान लिइएको हो ।

इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका थिए ।