जुम्लालीको माग रैथाने बालीको

1068
views

जुम्ला । जुम्लामा रैथाने बालीको माग बढन थाले पनि उत्पादन र खेती गर्ने क्रम भने घटना थलेको छ ।जिल्लामा भित्रने पर्यटकले नासोको रुपमा जुम्लाको रैथाने बालीका परिकार लैजान खोजे पनि खेती घटेपछी बजारमा पाउनै मुस्किल हुने गरेको छ ।

जिल्लामा पुग्ने अधिकांश पाहुनाले जुम्लाको चिनोका रुपमा विभिन्न रैथाने बाली कोसेलीका रुपमा लैजाने गरेका छन् । जिल्लालाई अर्गा्िनक तथा विसादीमुक्त घोषणा गरेसँगै रैथाने बालीको माग बढेको हो ।

जुम्लामा दुई हजार आठ सय ५० मिटरको उचाइमा कालोमार्सीको खेती हुने गरेको छ । मार्सीसँगै चिनो र कागुनोको चामल तथा फापर र कोदोको पिठोको माग बढेको हो ।