बागलुङ–२ ‘ख’ मा जनमोर्चाका शाही विजयी

923
views

बागलुङ, १६, मंसिर । प्रदेशसभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बामगठबन्धनले जितेको छ । प्रदेश ‘ख’मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाही विजयी भएका हुन ।

शाहीले ११२३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनले ९१३८ मत प्राप्त गरेका थिए ।

समाजवादी पार्टीका अशोक कुमार बिकले ३१६, नेकपाबाट बागी उम्मेदवारी दिएर फिर्ता लिएका शेरमान घर्तीको क्लिप चिन्हमा ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् ।

कुल ३५,१ ८४ मतदाता रहेको यो क्षेत्रमा २१,४ ६१ प्रतिशत मत खसेको थियो । जसमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए । बागलुङकै बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन बिजयी भएका छन ।