धरानको मेयरमा कांग्रेसका तिलक राई विजयी

502
views

धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई निर्वाचित भएका छन ।

राईले २६ हजार ७ सय ९ मत ल्याउँदै नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे । काँग्रेसका राईले २ हजार ७ सय ९५ मतान्तरले पराजित गरेका हुन ।

०७४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट मेयरमा विजयी तारा सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।