उसुमा नेपाललाई २ स्वर्ण

494
views

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण पाएको छ । मगलबार बिहान ललितपुरको लगनखेलमा भएको प्रतियोगितामा उसुको पुरुष थाउलोतर्फ विजय सिञ्चालीले स्वर्ण जितेका हुन भने महिला थाउलोतर्फ सुस्मिता तामाङले स्वर्ण जितेकी हुन् ।

विजयले बंगलादेशी र सुस्मिताले श्रीलंकन प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेका छन् ।