महोत्तरीमा पिकअप दुर्घटना, २ जनाको मृत्यु

392
views

महोत्तरी, १८, मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित गडन्ता चोकमा बुधवार पिकअप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।

मुत्यु हुनेमा धनुषाधाम नगरपालिक–२ कि ७० वर्षिया सकुन्तला देवी साह र भारत जयनगर सिताहीकी ६० वर्षिया बर्तनिया देवी साह रहेका छन ।

बाराको गढीमाईबाट जनकपूरतर्फ जाँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते ४ जनाको धरान र १२ जनाको बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।