सिएसईवि प्रविधिको प्रयोग गर्न सरोकारवालाको जोड

722
views

नुवाकोट । नुवाकोट उउद्योग वाणिज्य संघले सदस्य उद्योगको प्रवद्र्धनका लागि विभिन्न रचनात्मक कार्यक्रमको शुरुवात गरेको छ । विदुर स्थित होटल दरवार भ्युमा जिल्ला समन्वय समिति, पुर्वाधार विकास कार्यालय, भवन डिभिजन कार्यालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शिक्षा अन्र्तगत रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाइ, जिल्लाका सवै स्थानिय तह, वल्क तथा कंक्रिट उद्योग व्यवसायि संघ लगायतको सहभागितामा ईन्टरलक व्यवसायि का समस्या तथा सरकारी तथा सामुदायिक भवनमा ईन्टरलक प्रविधिको प्रयोग विषयमा अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा इन्टरलक वल्कको प्राविधिक पक्ष तथा नितिगत विषयमा विल्डअप नेपालका ईन्जिनियर ईन्द्रदेव चौरासियाले प्रस्तुति गर्नुभएको थियो भने जिल्लामा इन्टरलक व्यवसायको अवस्था, पारेको प्रभाव तथा चुनौति तथा सरकारी निकाय सँग व्यवसायिको अपेक्षाको वारेमा वल्क तथा कंक्रिट उद्योग व्यवसायि संघका अध्यक्ष भैरव वहादुर प्याकुरेलले गर्नुभएको थियो ।

जिल्लामा निजी आवास निर्माणको क्रममा यो प्रविधिको अधिकतम प्रयोग भएको थियो । ईसिमोडको सहयोगमा विदुर ६ र १२ मा भएको ढुंगेनटार परियोजना अन्र्तगत ९६ घर तथा सामुदायिक भवनहरु निर्माण भएका छन् ।

यसैगरी अक्सफामको सहयोगमा सहायता सामाजिक संस्था, कार्डसन, तथा केसिडिसि मार्फत विदुरको जफति, किस्पाङको शान्तिवजार, म्यागङको किम्ताङ, सुर्यगढिको हल्दे, तादिको खरानिटार, दुप्चेश्वरको राउतवेशि लगायतको क्षेत्रमा भुकम्प प्रभावितका लागि एकिकृत वस्ति निर्माणमा समेत यो प्रविधिको प्रयोग गरिसकिएको जनाइएको छ ।

यस्तै नीजि रुपमा जिल्लामा करिब १००० घर निर्माण भईसकेको कारण यो प्रविधि नयाँ भएता पनि नेपाल सरकारद्धारा मान्यता प्राप्त भएको कारण प्रयोग गर्नका लागि नितिगत तथा गुणस्तरको कारण कुनै समस्या नभएको सरोकारवाला निकायले धारणा राखेका थिए ।

अन्य जिल्लामा यो प्रविधिको प्रयोग गरि सयौको संख्यामा विद्यालय, स्वास्थ्य चौकी, सरकारी तथा संस्थागत संरचना निर्माण भएता पनि नुवाकोटका सरकारी निकायबाट प्रयोग नगरिएको व्यवसायिको आरोप छ ।

नेपाल लगायत भारत, स्विजरलेण्ड, अमेरिका लगायतका देशमा प्रयो भई प्रमाणित भएको यो प्रविधिको उपयोग गरि भवन निर्माण गर्न सकेको खण्डमा भवन निर्माणमा हुने खर्चमा २५ प्रतिशतले प्रत्यक्ष रुपमा कटौति हुने तथा वातावरणिय हिसबले समेत सकारात्मक प्रभाव पर्ने भएकोले प्रयोगकर्ता तथा वातावरण मैत्रि रहेको भएरपनि प्रयोगमा कन्जिुसियाँई भईरहेको सरोकारवालाको निष्कर्ष रहेको थियो ।

सानो लगानिमा जिल्लाका दुर्गम क्षेत्रमा समेत स्थापना गर्न सकिने यस्ता उद्योगको प्रवर्दन गर्न सकिएको खण्डमा महिला उद्यमशिलता तथा रोजगारीमा समेत सहयोग पुग्ने व्यवसायिको तर्क रहेको छ ।

सहभागि सरकारी तहका प्राविधिकले यस प्रविधिको प्रयोगमा दक्ष कामदारको अभाव, नयाँ सामाग्रि भएकोले जनविश्वासमा कमि, सरकारी प्राथमिकतामा नपर्नु जस्ता कारणले प्राविधिक पक्ष मजवुत हुँदा हुँदै पनि यसको प्रयोग गर्न नसकिएको धारणा व्यक्त गर्नु भएको थियो ।

गाउँपालिकाहरुले एकिकृत वस्ति, निजी आवास तथा सार्वजनिक संरचना निर्माणमा यसको प्रयोगको सुरुवात गरिएकोले यसको प्रयोगमा निरन्तरता पाउने पञ्चकन्या, ताँदी, म्यागङ, गाउँपालिका र जिल्ला समन्वय समिति प्रमुखको भनाई थियो

यो प्रविधि अन्र्तराष्ट्रिय रुपमा समेत प्रमाणित भएको कारण जनचेतना अभिवृद्धि गर्न तथा आवस्यक प्राविधिक पक्षमा सहयोग गर्नका लागि नुवाकोट उद्योग वाणिज्य संघ तयार रहेको संघका अध्यक्ष तारावहादुर कार्कीको धारणा रहेको थियो ।

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठले सरकारी मान्यता प्राप्त भएको तथा देशव्यापि रुपमा रहेको यस प्रविधिको प्रयोगमा तिव्रता दिन सकेको खण्डमा जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्नु भएको थियो ।