च्यातियका डायरिका पानाहरु

1333
views

च्यातियका डायरिका पानाहरु

मेरा डायरीका पानाहरु
यत्रतत्र च्यातियका छन आमा
तिम्रा छातिमा वुट बजार्ने दुस्टहरु
तिम्रा नयनबाट झरेका आसुँहरु नदे्ख्ने कलंकहरु
तिम्रा चिच्यावट नसुन्ने नरपिचासहरु
तिम्रो प्रसव पीडामा होली खेल्ने नालायकहरु
तिमिलाई चिथोर्ने राक्षसहरु
आज कसरी उत्सव मनाईरहेछन् ?
कशोरी उतारु आमा
म मेरा हृदयमा उत्पन्न भावहिल शव्दहरुलाई प्रेमको डायरीमा ।

आमा
तिमीलाई बलात्कार गर्नेहरु
तिमीलाई सती पठाउनेहरु
तिमै्र अस्तुमा रमाउनेहरु
स्टेरिन बिनाको गाडि हाक्नेहरु
नाताबाद कृपाबाद लाद्द्ने हरु
गणतन्त्रका राजा बनेका छन आमा।।


आमा
तिम्रा भिजेका नयन
तिम्रा छेत विछेद घाउका खाटाहरु
पटपटि फुटेका पैतालाहरु
चाउरी परेका तिम्रा निधारहरु
बाबुको  देहावशन पश्चात
टुहुरा बनेका तिम्रा सन्ततीहरु
सुनौलो भविष्यका निमित्त
प्रदेशीयका मदनहरु

विछोडमा छट्पटिएका मुनाहरुको
बिलौना ।

लेख्ने ठुलो धोको हुँदा हुँदै
कयौ रात परेलीले भिजाएका सिरानीहरु
कहिल्यै सुक्न नपाउँदा
मेरा डायरीका पानाहरु
यत्रतत्र च्यातियका छन आमा।।

आमा म लेख्ने प्रयास गर्छु
तर
मेरा हातहरु कापिरहेका छन
मेरा ओठहरु धर्मराईरहेका छन
मेरा गोडाहरु
प्यारालाईसिसको विरामीका जस्तै ग्रस्त छन
हो आमा तिमी रोईरहेको वखत
तिमि पिडामा जलिरहेको वखत
तिम्रा हरेक शव्दमा आफुलाई पाउछु
तिम्रा वेदनाका पोको फुकाउने गर्छु
आज मेरा डायरीका पानाहरु
च्यातियका छन आमा ।।

मलाई माफ गर आमा
तिमिले हेर्ने त्यो जुनेली रात छैन
आँशु पुछिदिने कोमल हात छैन
भक्कानिन्छु चिथोर्छु, कोपर्छु
तिम्रो कोमल स्पर्षको साथ छैन आमा।

स्वार्थले रङ्गिनन वुट्टा बन्दै गएको छ
नशामा रम्दै दुख साट्ने त्यो मात छैन
न्यानो साथ सम्झिएर खुशी हुन्छु
म एकान्तमा
निदाएका मेरै सपनाहरुमा तिम्रो काख छैन आमा
धोकै धोकाले चलेको यो स्वार्थी संसारमा
खुशी संगसंगै वाँडिचुँडी खाने छाक छैन प्रदेशमा ।

तिम्रा जन्झिरले भरिएका वेदनाहरु कोर्न खोजे
तर मेरा डायरीका पानाहरु
च्यातियका छन आमा ।।
आषिश सापकोटा वाग्लुङ हाल अमेरीका

आषिश सापकोटा वाग्लुङ हाल अमेरीका