कर्णालीमा राष्ट्रिय झण्डा दिवस मनाईयो

1163
views

सुर्खेत,२ पुष । “मेरो सान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान” भन्ने मुल नारालाई आत्मसाथ गर्दै मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दोश्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

कर्णाली यूथ पावरको सहकार्यमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

कार्यक्रममा भीम थापाले भने “जब सम्म झण्डामा चन्द्र र सूर्य रहन्छ तब सम्म देश रहन्छ । पछिल्लो समयमा झण्डा परिवर्तन गर्नुपर्छ भन्ने जुन कुरा उठिरहेको छ त्यो गलत छ ।” हाम्रो राष्ट्रिय झण्डा विश्वमा अरुभन्दा फरक र उत्कृष्ट रहेको बताउनुभयो ।

कर्णाली यूथ पावरका अभियन्ता सचिन तिमिल्सिनाले सन् १९६२ डिसेम्बर १७ का दिन संयूक्त राष्ट्रिय संघबाट मान्यता पाइएको दिनलाई सम्झदै राष्ट्रियता बनाउनका लागि राष्ट्रिय झण्डा दिवस राज्य मनाउनु पर्ने हो तर त्यसो हुन सकेको छैन् । २०७५ सालबाट आफूहरुले काठ्माण्डौबाट राष्ट्रिय झण्डा दिवस मनाउन शुरु गरेको बताउनुभयो ।

स्थानीय मंगलगढी चोकबाट शुरु गरिएको झण्डा ¥याली वीरेन्द्र चोकमा कोण सभा गर्दै चोकमा राष्ट्रिय झण्डा स्थापना गरेर सम्पन्न गरिएको थियो ।