तिम्रै यादले सताउँछ

1053
views

गजल

तिम्रै यादले सताउँछ मनमा चोट पर्न थाल्छ ।
तिनै यादमा घाईते मुटु अनि के के गर्न थाल्छ ।।

तिमी संगै हजार जुनी ज्यूने थिए वाचाकसम ।
ज्यूने आशा अतित सम्झी भित्रभित्रै मर्न थाल्छ ।।

तिम्लाई पाउने आशैआशमा विते कति वर्षहरु ।
मन दुखेर आज आँसु परेली भई झर्न थाल्छ ।।

छाडीजाने निष्ठुरी लाई चोखो माया भन्ने के था ।
त्यसै माथी रातो गुलाव भेट हुने ठाउँ सर्न थाल्छ ।।

घायल मुटु वनाईकन ज्यूँदै मरी वाँच्नु पारेऊ ।
काल पनि वियोग देखी म वाट झन डर्न थाल्छ ।।

निर्मल पौडेल ‘एन.पि.घायल’ कुस्मा,पर्वत