पर्वत सेवा समाज यूएईको वनभोज कार्यक्रम सम्पन्न

1054
views

सचिन्द्र श्रेष्ठ
यूएई, दुबई । पर्वत सेवा समाज यूएई ले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर दुबई स्थित मुशरिफ पार्कमा भब्यताका साथ वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

एक आपसमा समझदारी, भाईचारा साथै बसन्त ऋतुको आगमनमा हर्ष उल्लास सदैब कायम रहोस्, नयाँ बर्षको शुभकामना साटासाट, वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ पारिवारिक जमघट, भेटघाट हुने भएकोले बनभोजको आयोजना गरिएको समाजका अध्यक्ष सरोज जिसीले जानकारी दिनु भयो ।

उक्त बनभोज कार्यक्रममा आदर्श कास्की समाज, स्याङ्जा समाज, ब्यापारी, बिभिन्न तह तप्काका बिसिस्ट ब्यक्तित्व, पत्रकार साथै स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिगतमा पर्वत जिल्लालाई विभिन्न राहत, सिप मूलक तालिम, आर्थिक, साँस्कृतिक सहयोग गर्दै गरेको र आगामी दिनमा अझै पर्वत जिल्लालाई पर्यटन मार्फत देश बिदेशमा चिनाउन सो समाजले अग्रणी भूमिका खेल्नुपर्नेमा समाजका पूर्व अध्यक्ष राजेन्द्र अधिकारीले बताउनु भयो ।

साँस्कृतिक कार्यक्रम नाचगान, रमाइलो खेल, मिष्ठान्न परिकारका साथ कार्यक्रम सम्पन्न गरिएको समाजको कार्यक्रम मात्र नरही अहिले यूएईका बिभिन्न सहरमा संघ, सस्ंथा, क्लबले बनभोजको आयोजना गर्ने लहर नै छाएको छ ।