अमेरिकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष सबैभन्दा सबैभन्दा बढी सामूहिक हत्या

434
views

पुष,१४, २०७६

एजेन्सी: अमेरिकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी सामूहिक हत्या भएको छ । अघिल्ला वर्षको तुलनामा यो वर्ष अमेरिकी नागरिकले यस्ता धेरै हत्याको घटना सामना गरेको शोधकर्ताहरुले जनाएका छन्।

एशोसिएटेड प्रेस एपी, यूएसए टुडे र नर्थ इस्टर्न विश्वविद्यालयले अमेरिकाभित्र यो वर्ष मात्रै ४१ घटनामा २११ जना मारिएको तथ्यांक सार्वजनिक गरेका छन्। सामूहिक हत्यामा संलग्न अपराधीबाहेक एउटै घटनामा औसतमा चारभन्दा बढी मानिसहरु मारिने गरेका छन्। क्यालिफोर्नियामा त यो दर झण्डै दोब्बर अर्थात् हरेक घटनामा औषतमा आठ जना मारिने गरेको तथ्यांकमा उल्लेख छ।

यो वर्षको मे महिनामा भर्जिनिया तटमा १२ जना र एल पासोमा २२ को सामूहिक हत्या भएको थियो। शोधकर्ताहरुले सन् २००६ देखि अमेरिकामा भएका सामूहिक हत्यालाई नजिकबाट नियालिरहेको छ। त्यो वर्ष अमेरिकाभित्र यस्ता प्रकृतिका घटनामा ३८ जना मारिएका थिए।

सन् २०१७ मा अमेरिकाको लस भेगासमा सबैभन्दा घातक गोलीकाण्डभएको थियो, जहाँ ५९ जना मारिएका थिए। ठूलो संख्यामा सामूहिक हत्या हुने गरेपनि सबै घटना भने सार्वजनिक जानकारीमा नआउने गरेको बीबीसीले उल्लेख गरेको छ। पारिवारिक विवाद, लागुऔषध र गिरोहहरु समेत संलग्न हुने हुनाले यस्ता सबै हत्याकाण्ड सार्वजनिक हुँदैनन्।

अपराधीको संख्यामा कमी आएपनि अमेरिकामा सामूहिक हत्याको संंख्या बढिरहेको मिनेसाटा विश्वविद्यालयका प्राध्यापक जेम्स डेन्स्ले बताउँछन्। यति धेरै घटना भएपनि अमेरिकीहरुले लाइसेन्स लिएर सजिलै बन्दुक राख्‍न सक्छन्।