पूँजिपतिलाई छुट दिए लगानी गर्न तयार–गोल्छा

497
views

सीताराम थापा
बाग्लुङ, १४, पौष । गण्डकी प्रदेशको बागलुङ जिल्लामा लगानी आमन्त्रण गर्ने उद्देश्यले बागलुङ बजारमा लगानी सम्मेलन गरिएको छ । ‘उज्यालो. बागलुङ, समृद्ध बागलुङ’ संज्ञा दिइएको यस लगानी सम्मेलनमा गण्डकी प्रदेशका अर्थमन्त्री र नेपाली तीनजना ठूला व्यवसायीहरुको साथै स्थानीय प्रदेश तहको सहभागिता सम्मेलन भएको थियो ।

सम्मेलनमा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले सरकारको नीति अनुरुप मात्र प्रदेशले प्रदेशको विकासका लागि काम गर्ने प्रयत्न गरेको बताए । गुरुङले प्रत्यक व्यवसायी धैर्य गरी उपलब्धि हांसिल गर्न सकिने भएकाले लगानी गर्दा दीर्घकालिन चिन्तन मनन् गरी सरकार भौतिक पूर्वाधारमा लागेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा शेखर गोल्छाले नेपालमा पुँजि भएका हामी ठुलालाई लगानीमा छुट नभएकाले निर्यात भन्दा आयात बढी भएको बताए । गोल्छा अर्गनाइजेसनका प्रमुख समेत रहेका उनले कृषिमा सरकारको लगानी घटेको बताउदै खाद्यान्न उत्पादनमा कृषि उपजको आयात बढ्नु चिन्ताजनका रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले भने,“इथियोपिया गरीबी र कुपोषणले आक्रान्त थियो । पच्चीस वर्षमा आज आर्थिक वृद्धि नौ प्रतिशत पुगेको त्यहाँ वार्षिक साढे तीन अर्ब अमेरिकी डलरको लगानी भित्रिएको छ ।’

उनले गृहयुद्धले ग्रसित कम्बोडियाले केही दशकमै अहिले वर्षेनी १० अर्ब डलरको तयारी पोशाक र बङगलादेशले हरेक वर्ष ३५ अर्बको गार्मेन्ट निर्यात गरेको बताउँदै भने ‘ती देशमा साना ठुला पुँजिपतिलाई लगानीमैत्री वातावरण भएकाले नै यो सम्भव भएकोले नेपालमा पनि सरकार जिम्मेवार हुनुपर्द ।’

उनले देश विकासका लागि साना तथा मझौला उद्योगको बढाएर ती उद्योगका लागि कर्जा प्रवाहलाई सरल र सस्तो बनाउनुपर्ने बताए ।

ग्लोबल आईएमी बैँकका अध्यक्ष यवं ब्याबसायी चन्द्र ढकालले बागलुङ पर्यटनको सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रमा सरकारले वातावरण दिएमा लगानी गर्न सकिने बताए ।

नेपालमा भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङले जिल्लाका व्यवसायीहरुलाई आम्दानी बढाउने उपायका बिकल्प सुझाए । लगानिमैत्री वातावरण मात्र नभई सहयोग गरेमा जग्गा र कर छुट दिए आफुले भाटभटेनी खुलाउने बताएका थिए ।