सातवटै प्रदेशमा एकीकृत कार्यालय मन्त्री बाँस्कोटा

350
views

धनगढी, १७, पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सातवटै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरी सञ्चार क्षेत्रलाई सम्पूर्ण सेवा सुविधाहरु दिइने बताएका छन् ।

 

नेपाल पत्रकार महासंघ कैलालीको विहीबार भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेस काउन्सिल, सूचना तथा केन्द्र लगायतले दिने सेवा सुविधाहरु दिनका लागि मन्त्रालयले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको बताउँदै यसले पत्रकारहरुलाई साना–साना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

उनले पत्रकारहरुले कसैप्रति आश्रित नहुने र आफ्नै सञ्चार माध्यमप्रति आश्रित हुने गरी स्वतन्त्र, सबल, बलसाली बनाउन आफू र आफ्नो टीम लागि परेको बताए ।

मन्त्री बास्कोटाले अब बन्ने समानुपातिक विज्ञापन नीतिले विज्ञापनका लागि मिडियालाई सामानुपातिक रुपमा विज्ञापन वितरण गर्न सहज हुने उल्लेख गर्दै दोहोरो सुविधा दिन नमिल्ने भएकाले लोककल्याणकारी विज्ञापन कटौती हुने बताए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशका पत्रकारलाई वित्तीय स्रोतको कम हुन नदिने बताए । उनले संघीय सरकारले यसक्षेत्रका मिडियाका लागि वार्षिक दुई करोड रुपैयाँ दिनुपर्ने धारणा राखे ।