गण्डकी सभ्यता लोप भएकोमा चिन्ता व्यक्त

1029
views

सीताराम थापा
बागलुङ, १६, पौष । बाग्लुङ्गमा चलिरहेको महोत्सवको अवसरमा भएको गण्डकी सभ्यता परिचयात्मक अभियानमा धौलागिरीमा गण्डकी सभ्यता लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सरोकारवालाहरुले विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको अध्ययनबाट पाइएकाले प्राकृतिलाई मान्छेजातीको जनावरबाटै लापरवाहीका कारण गण्डकी सभ्यता संकटमा परेको यस बिषयका बागलुङका खोजकर्ताहरुले ठम्याएका छन ।

धौलागिरी समाज नेपालको मुल आयोजना र बागलुङ उद्योग बाणिज्य सघं, धौलागिरी पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजनामा शनिबार बागलुङ महोत्सवका अवसरमा आयोजित गण्डकी सभ्यता बचाउ अभियान अन्तरक्रियामा कार्यक्रमका सहभागीले गण्डकी सभ्यता जोगाउन सबैको दायित्व हुनुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि स्वामी ऋषि प्रपन्नाचार्यले कालिगण्डकी नदिको दोहन, शालिग्राम शिलाको चोरी निकासी र गण्डकीमा जम्ने मानविय फोहोरमैलाको कारण गण्डकीमा संकट आएको बताए । उनले कालिगण्डकी नदीको अतिक्रमण, शहरको ढल र फोहोर कालीगण्डकीमा जाने हुँदा बागमतिको कुहिगन्धे जस्तो बन्ने खतराको संकेत गरे ।

पवित्र कालीगण्डकी नदी तथा अन्य नदीमा मिसिन आउने खोला नदीहरुको पनि सरसफाईमा सबैले ध्यान नदियको स्थानिय प्रागिक अगुवाहरु ध्यानाकर्षण छ । जतिसक्दो छिटो गण्डकी सभ्यता बचाउन अभियान धौलागिरी लगायत सिंगो नेपालमा चलाएर बिनास हुनबाट जोगाउन सहभागिहरुले जोड दिए ।

कार्यक्रममा गण्डकी सभ्यता बचाउ महाअभियानका सह–संयोजक केदरनाथ गौतम, अभियन्ता खिमानन्द कंडेलले धौलागिरीको पर्यटकीय सम्भावनाका बारेमा प्रश्ताब पत्र प्रश्तुति बाचन गरेका थिए। अन्तरक्रियामा संबिधान सभाका सदस्य प्रकाश पौडेल, म्याग्दी जिल्लाका जिल्ला समन्वय अधिकारी देवेन्द्र केसी, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय सनमाजिक अभियान्ता एवं लेखक सीताराम थापाले कालिगण्डकी बचाउ अभियानबारे सकारात्मक धारणा ब्यक्त गरेका थिए ।