मलाई बचाउनुहोस् म बाँच्न चाहान्छु : दुवै मृर्गौला पीडित टिकाराम बोगटी

1716
views

जितेन्द्र थापा
दैलेख, २४, पौष । दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका–४ साविकको विसाला गाविस–६ ज्यामिचौरका ३५ बर्षिय टिकाराम बोगटीका दुवै मृर्गौला फेल भएपछि उपचारमा समस्या परेको छ ।

बोगटी परिवारको आर्थिक अवस्था न्यून भएका कारण उनको उपचारमा समस्या भएको उनका बुबा सर्जन वोगटीको भनाई छ । छोराको दुवै मृर्गौला फेल भएका छन्, उपचार गर्न पैसाको अभाव छ, स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरुले उपचारका लागि आर्थिक सहयोग गरिदिने हो भने राहत हुने थियो भोगटीको अनुरोध छ ।

आँफुहरुसँग भएको सबै पैसा सकिएपछि जीवनमरणको दोसाँधमा रहेका छोराको थप उचारका लागि म सबै समक्ष आर्थिक सहयोगको अपेक्षा गर्दछु बाबु सर्जन बोगटी भन्छन् ‘आर्थिक अबस्था निकै कमजोर र दयनिय भएकोले तपाईहरुको थोरै सहयोग हाम्रा लागि लाँखौं सहयोग हुनेछ ।’

म बिरामी भएको धेरै भयो, म सँग आर्थिक समस्या छ तपाईहरुको सहयोगले म बाँच्न सक्छु, मलाई बचाईदिनुहोस्, दुबै मृर्गौला पीडित टिकाराम बोगटीको अनुरोध छ ।

आफन्त, ईष्टमित्रको सहयोग र उपचारका लागि पाएको ऋणले केही उपचार गरेपनि थप उपचारका लागि समस्या भएको र अस्पतालमा राख्नुपर्ने तिन लाख डिपोजिट रकम नहुँदा उपचार रोकिएको उनका आफन्त विमल सिजापतिको भनाई छ ।